संविधान दिवसको दिन हत्या अभियोगमा सजाय पाएकाहरूको सजाय मिनाहा गरिएको निर्णयप्रति प्रतिपक्षी दल र सत्तापक्षकै नेताहरूले चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्। गृह मन्त्रालयको प्रस्ताव अनुसार मन ्त्रिपरिषद्ले ६७० जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यो सिफारिस सदर गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि आलोचनाको निशानामा परेका छन्। संविधान र कानुनमै सजाय माफीमिनाहाको व्यवस्था गर्नुको उद्देश्य र त्यसको कार्यान्वयनबारे कानुन मन्त्रालयका सचिव रहिसकेका पूर्वमन्त्री माधव पौडेलसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्।
06/10/2023 • 4 minutes 4 seconds
अन्तर्वार्ताः मुटुलाई स्वस्थ राख्न के गर्नुपर्छ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरि मानिसहरूको मृत्युको प्रमुख कारक मुटुरोग हो। हरेक वर्ष एक करोड ७९ लाख मानिस मुटुरोगका कारण ज्यान गुमाउने गरेको डब्ल्यूएचओको तथ्याङ्क छ। विश्व मुटु दिवस सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालालाई बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले खासमा मुटुले हामीसँग के खोज्छ भनेर सोधेकी छन्।
29/09/2023 • 19 minutes 38 seconds
अन्तर्वार्ताः कांग्रेसकै नेताहरू सरकार र पार्टी नेतृत्वको विरोधमा किन?
नेपाली कांग्रेस सत्तारूढ भए पनि सोही दलका कतिपय नेताले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना सार्वजनिक रूपमै गर्न थालेका छन्। तिनैमध्येका एक हुन् नेता अर्जुननरसिंह केसी। उनै नेता केसीलाई बीबीसी न्यूज नेपालीका शरद केसीले हिजोआज तपाईँले पार्टी नेतृत्वको चर्को आलोचना गर्नुको कारण के हो भनेर सोधेका छन्।
26/09/2023 • 6 minutes 3 seconds
अन्तर्वार्ताः शिक्षा विधेयकप्रति शिक्षकहरूको दुई धार किन?
सरकारले शिक्षा ऐनमा परिमार्जन गर्नेलगायत छ बुँदे सहमति जनाएपछि शिक्षकहरूले काठामाण्डूकेन्द्रित आन्दोलन फिर्ता लिएका छन्। देशभरिका सार्वजनिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि शिक्षण संस्था बन्द ग रेर काठमाण्डूकेन्द्रित आन्दोलन गरिरहेका थिए। तर नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले त्यसमा आफूहरूको सहमति नरहेको बताएका छन्। अर्कोतर्फ नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सहमतिको स्वागत गरेकी छन्। अधिकारी र तुलाधरसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी सुन्नुहोस्।
22/09/2023 • 7 minutes 53 seconds
अन्तर्वार्ताः प्रचण्ड अमेरिकाबाटै चीन भ्रमणमा जान लाग्दा प्रश्न किन?
चिनियाँ र नेपाली दुवै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बिहीवार औपचारिक घोषणा गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २३ देखि ३० तारिखसम्म चीनको भ्रमण गर्ने जनाएको छ। सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलगायत चिनियाँ नेतासँग भेटवार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रचण्ड उतैबाट चीन जाने कार्यक्रम छ। तर प्रधानमन्त्री अमेरिकाबाटै चीन जान लागेकामा कतिपयले असन्तोष व्यक्त गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यलाई कूटनीतिक रूपमा नेपालका प्रधानमन्त्रीले त्यसो गर्न नमिल्ने के छ भनेर सोधेका छन्।
21/09/2023 • 6 minutes 11 seconds
अन्तर्वार्ताः शेखर कोइराला किन सरकार फेर्ने पक्षमा छन्
नेपाली कांग्रेसको संस्थापनइतर खेमाका नेता शेखर कोइरालाले बुधवार सभापति शेरबहादुर देउवासँग भेट गरी चर्को असन्तुष्टि व्यक्त गरेको खबर आएको छ। आफ्नो खेमाको मङ् गलवार भएको बैठकपछि उनले सभापतिलाई भेटेका हुन्। बीबीसी न्यूज नेपालीका शरद केसीले उक्त भेट र सरकारप्रति कोइरालाले जनाइरहेको असन्तुष्टिबारे उनीसँग कुराकानी गरेका छन्। शुरूमा उनले कोइरालालाई के तपाईँले पार्टी सभापति देउवासँग चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो भनेर सोधेका छन्।
20/09/2023 • 5 minutes 58 seconds
अ न्तर्वार्ताः नेपालमा १०३ प्रकारका एन्टिबायोटिक प्रयोगमा रोक
औषधि व्यवस्था विभागले यसै साता एउटा सूचना जारी गर्दै १०३ प्रकारका एन्टिबायोटिक औषधि र खासगरी तिनका सम्मिश्रणलाई अब प्रयोग र बेचबिखनमा रोक लगाउने भनेको छ। उक्त सूचीमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२१ मै सिफारिस नगरिएका भनेर जारी गरेका औषधिहरूलाई समेटिएको छ। यसै सन्दर्भमा विभागका महानिर्देशक नारायण ढकाललाई पछिल्लो निर्णय गरिनुका कारणबारे बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सोधेका छन्।
19/09/2023 • 5 minutes 51 seconds
अन्तर्वार्ताः के माधवकुमार नेपाल र झलनाथ खनालबीच वाक्युद्ध शुरू भएको हो?
सत्तारूढ नेकपा एकीकृत समाजवादीभित्र व्याप्त असन्तुष्टि पछिल्ला दिनमा छरपस्ट भएको छ। पार्टीका सबै तहसम्म निर्णयसम्बन्धी परिपत्र गरिएपछि मतभिन्नता पनि बाहिर आएको हो। त्यसप्रति सार्वजनिक रूपमा उक्त दलका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमवार त्यसबारे कुनै टिप्पणी गरेनन्। तर नेता खनाललाई लक्षित ग र्दै केही भनाइ सार्वजनिक गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका शरद केसीले पूर्वप्रधानमन्त्री खनाललाई के तपाईँ र अध्यक्ष नेपालबीच वाक्युद्ध शुरू भएको हो भनेर सोधेका छन्।
18/09/2023 • 5 minutes 14 seconds
अन्तर्वार्ताः विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा देशभरिका शिक्षकहरू आन्दोलनमा
सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा देशभरिका शिक्षकहरू आन्दोलित बनेका छन्। माग सम्बोधन नगरिए असोज ३ गतेबाट काठमाण्डूकेन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि नेपाल शिक्षक महासङ्घले दिएको छ। यसै सन्दर्भमा महासङ्घकी अध्यक्ष कमला तुलाधरलाई बीबीसी न्यूज नेपालीका गनी अन्सारीले प्रस्तावित विधेयकप्रति तपाईँहरूको आपत्ति किन भनेर सोधेका छन्।
15/09/2023 • 6 minutes 11 seconds
अन्तर्वार्ताः सुन तस्करी प्रकरण ‘अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण’
बहुचर्चित सुन तस्करी प्रकरणमा प्रहरीले विदेशीसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। पहिलो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले बज्राचार्यसँग गरेको कु राकानी सुन्नुहोस्।
13/09/2023 • 3 minutes 35 seconds
अन्तर्वार्ताः के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ?
नेपालमा पछिल्ला वर्षमा हृदयाघातबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढ्न थालेको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार ४० वर्ष कटेपछि म ानिसहरूलाई हृदयाघातको जोखिम अझ बढ्दै जान्छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले के हृदयाघात भएका व्यक्तिलाई बचाउन सकिन्छ भनेर सोधेका छन्।
12/09/2023 • 6 minutes 6 seconds
अन्तर्वार्ता: चीन भ्रमणका बेला नेपालको नयाँ नक्साबारे कुरा उठ्छ?
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चीनले आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नसमेटेको विषयले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने बीबीसीलाई बताएका छन्।
चीनअगाडि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदैछन्।
त्यहाँबाट स्वदेश फर्किनुअघि उनी सिधै द्विपक्षीय भ्रमणका लागि चीन पुग्ने कार्यक्रम रहेको छ।
उक्त भ्रमणका बेला चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा नसमेटिएको कुरा उठ्नसक्ने परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
आउँदो साताबाट हुने दुई महत्त्वपूर्ण भ्रमणअगाडि नेपालको नयाँ नक्सा चीनले नसमेटेको विषय बाहेक नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषय पनि चर्चामा रहेको छ।
यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग राष्ट्रसङ्घीय महासभामा नेपालले यसपटक के कुरा उठाउँदैछ भनेर प्रदीप बस्यालले सोधेका छन्।
08/09/2023 • 5 minutes 11 seconds
अन्तर्वार्ता:राष्ट्रिय कृषि गणनाका विशेषता के छन्?
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ मा पछिल्लो दश वर्षमा कृषक परिवार बढे पनि खेतीयोग्य जमिन भने घटेको देखिएको छ।
प्रत् येक १० वर्षको अन्तरालमा हुने यस्तो गणना नमूना छनौट विधिमार्फत् सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी गरिन्छ।
गणनाका स्थलगत कार्य २०७९ सालको बैशाख र जेठमा गरी ४५ दिन लगाएर गरिएको थियो।
उक्त गणनाको विशेषताबारे गणनाको योजना तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सङ्लङ्न तथ्याङक कार्यालयको कृषि तथा पशुपक्षी गणना शाखाका एकजना निर्देशक बद्रीकुमार कार्कीसँग प्रदीप बस्यालको कुराकानी
07/09/2023 • 5 minutes 50 seconds
अन्तर्वार्ता: भारतीय खेलाडीले नेपाली टोलीलाई के भने?
पहिलोपटक एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाण्डू फर्किंदा विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ।
नेपाली टोलीले इतिहासमै पहिलोपटक भारत र पाकिस्तानका मुख्य टोलीको सामना गरेको थियो।
दुवै खेलमा नेपालको पराजय भए पनि उनीहरूको खेलको प्रशंसा भइरहेको छ। उक्त खेलबारे नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग कमल परियारले गरेको कुराकानी।
06/09/2023 • 4 minutes 55 seconds
अन्तर्वार्ता: एशिया कपबारे के भन्छन् पूर्वकप्तान खड्का?
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले एशिया कप अन्तर्गत भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धी क्रिकेट प्रतियोगिता खेलेपछि एउटा सपना पूरा भएको बताएका छन्।
तर खेलमा नयाँ उपलब्धि हासिल गर्न उनले अब पूर्वाधार विकास र खेलाडीमा लगानी गर्न ढिलाइ नगर्न सुझाएका छन्। उनै खड्कासँग कमल परियारले गरेको कुराकानी।
05/09/2023 • 5 minutes 22 seconds
अन्तर्वार्ताः 'चीनसँग उसको नयाँ नक्साबारे कुराकानी हुन्छ'
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले बेइजिङले हालै जारी गरेको नक्सामा नेपालको परिमार्जित नक्साले समेटेका भूभाग छुटेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बेला कुराकानी हुने बताएको छ। पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले सो विषयको समाधान हुने आशा व्यक्त गरेका छन्। छुट्टै प्रसङ्गमा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्दा संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणा सम्झौताको अङ्ग बनाइनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए। बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले सापकोटासँग गरेको कुराकानी सुन्नुहोस्।
भारतले तीनवटा देशका लागि बासमती बाहेकको चामल निर्यात खुला गर्ने जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले बुधवार एउटा सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको हो। महानिर्देशनालयका प्रमुख सन्तोषकुमार सारङ्गीले हस्ताक्षर गरेको सूचनामा भुटान, सिङ्गापुर र मरिससका लागि चामल निर्यात खुला गरिएको उल्लेख छ। भारतले ती देशमा निर्यात खुला गरिएको चामलको परिमाण समेत तोकेको छ। भारतले यसअघि जुलाई २० बाट चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाललाई चामल निर्यात खुलाउन गरिएको पत्राचारको विषय कहाँ पुग्यो भनेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सोधेका छन्।
31/08/2023 • 3 minutes 10 seconds
अन्तर्वार्ताः एकै दिन दुइटा चाडपर्व किन पर्छ?
यसपालि जनैपूर्णिम ा र गाईजात्रा एकै दिन अर्थात् बिहीवार परेको छ। विगतमा अरू चाडपर्व पनि एकै दिन परेका कैयौँ दृष्टान्त छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीलाई दुइटा चाडपर्व एकै दिन पर्नुका कारणबारे सोधेका छन्।
29/08/2023 • 4 minutes 40 seconds
अन्त र्वार्ताः ललिता निवास जग्गा हिनामिना प्रकरणमा ‘सत्ताको बल प्रयोग’
सत्ताधारी गठबन्धनको नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले "ललिता निवास जग्गा हिनामिना सहितका चर्चित प्रकरणलाई सत्ता गठबन्धनभित्रको अन्तरसङ्घर्षले प्रभावित तुल्याएको" टिप्पणी गरेका छन्। उक्त प्रकरणमा खनालको पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि जोडिएको छ। दुवै नेताले प्रहरी अनुसन्धानलाई सघाउने बताउँदै आएपछि प्रहरीले उनीहरूकै निवासमा पुगेर 'बयान कागज' गराएको थियो। पूर्वप्रधानमन्त्री खनालले गठबन्धन सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएकामा बीबीसी न्यूज नेपालीका शरद केसीले सबैभन्दा पहिला के तपाईँ यो गठबन्धनको विकल्प खोज्नुपर् छ भन्ने पक्षमा हो भनेर सोधेका छन्।
28/08/2023 • 8 minutes 22 seconds
अन्तर्वार्ताः सार्वजनिक-निजी साझेदारी लगानी ऐन,२०७५ किन संशोधन गरिँदै छ?
लगानी बोर्डको शुक्रवार सम्पन्न ५५औँ बैठकले ३६ अर्ब ३७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। बैठकले तमोर जला शययुक्त जलविद्युत् परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ भने सार्वजनिक-निजी साझेदारी लगानी ऐन, २०७५ संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने लगायतका निर्णय पनि गरेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई ऐन संशोधन गर्न खोज्नुका कारणबारे सोधेका छन।
25/08/2023 • 3 minutes 57 seconds
अन्तर्वार्ताः नेपालमा प्रसारणलाइन निर्माणमा किन ढिलाइ हुने गर्छ?
नेपाललाई लोडशेडिङमुक्त देश घोषणा गरिए पनि झ्याप्पझ्याप्प बिजुली जाने अवस्था देखिन थालेको गुनासो पछिल्लो समय बढ्दै गएको छ। नेपालमा अत्यधिक बिजुली खपत हुने पीक आवरको माग २,००० मेगावाटभन्दा कम रहे पनि विद्युत् जडित उत्पादन क्षमता २,६८४ मेगावाट छ। प्रसारणलाइन विस्तार नभए उच्च मात्रामा विद्युत् उत्पादन हुने वर्षायाममा देशभित्रै गुणस्तरीय विद्युत् प्रवाह र विदेशमा व्यापार गर्न अब ठूलो समस्या हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईलाई हाल निर्माणाधीन प्रसारणलाइनहरूको महत्त्वबारे सोधेका छन्।
24/08/2023 • 5 minutes 20 seconds
अन्तर्वार्ताः चन्द्रयान-३ को सफल अवतरणपछि भारतको माहोल कस्तो देखियो?
भारतले आफ्नो अन्तरिक्षयान चन्द्रयान-३ लाई चन्द्रमाको सतहमा सफल अवतरण गराउँदै इतिहास रचेको छ। योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने भारत विश्वको पहिलो मुलुक बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको नियन्त्रित अवतरणपछि प्रज्ञान रोभर त्यसबाट निस्कनेछ र चन्द्रमाको सतहमा अन्वेषण गर्नेछ। जुलाई ४ तारिखमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान-३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका लागि यो अभूतपूर्व सफलता भएको बताएका छन्। यो सफलतासँगै भारतमा देखिएको माहोलबारे दिल्लीस्थित नेपाली पत्रकार राजेश मिश्रसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्।
23/08/2023 • 3 minutes 5 seconds
अन्तर्वार्ताः ‘ललिता निवास जग्गा प्रकरणमा जोडिएका सबैमाथि मुद्दा चलाउन मिल्छ’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित दुईजना पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउन गरेको सिफारिसले अदालतको आदेश पालना नभएको उक्त प्रकरणबारे छानबिन गरेका एक पूर्वअधिकारीले बताएका छन्। सो प्रकरण छानबिनका लागि यसअघि सरकारले गठन गरेको समितिका संयोजक शारदाप्रसाद त्रितालले भूतपूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउन गरिएको सिफारिस राजनीतिक प्रभावबाट प्रेरित भएको दाबी गरे। बीबीसी न्यूज नेपालीका अशोक दाहालले पूर्वसचिव त्रिताललाई सीआईबीले मुद्दा चलाउन गरेको सिफारिसबारे सोधेका छन्।
22/08/2023 • 3 minutes 45 seconds
अन्तर्वार्ताः 'सङ्घीयता कार्यान्वयनबारे दलहरूमाथि नै शङ्का छ'
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएसँगै उनको सरकारले निरन्तरता पाएको छ। प्रदेशसभामा कायम ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित भएकोमा थापाको पक्षमा जम्मा ४७ मत खस्यो। बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्। विपक्षी नेकपा एमाले र राप्रपाका सांसदले उक्त कदमको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरे। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनको पक्षमा बहुमत पुर्याउन नदिन अपनाएको उपाय निष्प्रभावी तुल्याउन फेरि कोशी प्रदेशमा सभामुखलाई उपयोग गर्ने सूत्र प्रयोग गरेको थियो। सङ्घीयताको अभ्यासको सिलसिलामा खासगरी कोशी प्रदेशमा पछिल्लो समय भएका घटनाक्रमबारे धेरैले प्रश्न गरिरहेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सङ्घीयताविद् पिताम्बर शर्मालाई पछिल्ला घटनाक्रमलाई तपाईँले कसरी हेर्नुभएको छ भनेर सोधेका छन्।
21/08/2023 • 4 minutes 49 seconds
अन्तर्वार्ताः गगन थापासँग सुन तस्करी प्रकरणलगायत काण्डबारे कुराकानी
नेपालमा हाल नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा अपचलन प्रकरण र सुन तस्करी प्रकरणबारे अनुसन्धान जारी रहेका बेला नेपाली कांग्रेसका ए क महामन्त्री तथा सांसद गगन थापाले ‘हाम्रो स्मृतिमा भएका सबै काण्डका फाइल खोलौँ’ भनेका छन्। बीबीसी न्यूज नेपालीकी रमा पराजुलीले तपाईँले सङ्केत गरेका काण्ड कुनकुन हुन् भनेर थापालाई सोधेकी छन्।
18/08/2023 • 6 minutes 27 seconds
अन्तर्वार्ताः टीकापुर घटनामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठले दिएको सन्देश
टीकापुर घटनामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयमाथि फेरि प्रश्नहरू उठेका छन्। विसं २०७२ भदौमा थरूहट आन्दोलनकारीहरूको आक्रमणमा आठजना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनाको लामो समयपछि पक्राउ परेर मुद्दा खेपेका र जन्मकैदको सजाय पाएका चौधरीले गत जेठमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। चौधरी जेलमुक्त भएको दुई महिनापछि आएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उनको सजाय माफीलाई राजनीतिक सौदाबाजी भनिएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीलाई पूर्णपाठमार्फत् दिइएको सन्देशबारे सोधेका छन्।
17/08/2023 • 6 minutes 59 seconds
अन्तर्वार्ताः सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रबारे तपाईँले जान्नैपर्ने कुरा
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने कार्यक्रमको बुधवारबाट थालनी गरेको छ। सामाजिक सुरक्षा कोषद्वारा काठमाण्डू मा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको शुभारम्भ गरेका हुन्। यसअघि औपचारिक क्षेत्रमा कार्यान्वयनमा ल्याइसकेको यो कार्यक्रमको दायरालाई विस्तार गर्दै लैजाने उद्देश्य रहेको कोषले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले कोषका अध्यक्ष एवं श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीलाई अनौपचारिकतर्फ शुरूमा कुनकुन क्षेत्रका श्रमिकलाई समेट्न लागिएको हो भनेर सोधेका छन्।
16/08/2023 • 4 minutes 38 seconds
अन्तर्वार्ताः कक्षा १२ को परीक्षाफलमा सुधारका पक्ष के के छन्
राष्ट्रिय परीक्षा बोर्डद्वारा यो वर्षको कक्षा १२ को सार्वजनिक परीक्षाफल अनुसार ५१ प्रतिशत परीक्षार्थीले उत्तीर्ण हुने मापदण्ड अर्थात् ग्रेडशिट प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यो तीन प्रतिशतले बढी भएको मङ्गलवार परीक्षाफल सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। बोर्डका अनुसार यो वर्ष ननग्रेडेड परीक्षार्थीको सङ्ख्या ४९.०९ प्रतिशत रहेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई परीक्षा दिएकामध् ये झन्डै आधा विद्यार्थी पहिलो प्रयासमा विश्वविद्यालय तह उक्लिन नसक्नु चिन्ताको विषय होइन र भनेर सोधेका छन्।
15/08/2023 • 3 minutes 26 seconds
अन्तर्वार्ताः डेङ्गीको प्रकोपबाट कसरी जोगिने
नेपालमा सन् २०२३ शुरू भएयता अहिलेसम्म १३,००० जनाभन्दा बढी व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट हुने डेङ्गी सङ्क्रमणबाट हालसम्म १० जनाको ज्यान गएको तथ्याङ्क छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ७४ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएकोमा सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित भएको छ। यसै सन्दर्भमा गनी अन्सारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई सबैभन्दा पहिला अहिलेको सङ्क्रमण दरले के सङ्केत गर्छ भनेर सोधेका छन्।
14/08/2023 • 5 minutes 26 seconds
अन्तर्वार्ताः सांसद सुनिल शर्माको गिरफ्तारीप्रति नेपाली कांग्रेसको आपत्ति किन?
शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी आरोपमा पक्राउ परेका सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मा पक्राउ परेको भोलिपल्ट थुनामुक्त भएका छन्। कांग्रेस संसदीय दलको बैठकमा शर्माको गिरफ्तारीप्रति चर्को असन्तुष्टि जाहेर भएकै दिन उनलाई काठमाण्डू जिल्ला अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीवार पक्राउ गरेको थियो। अदालतको आदेश आउनुअघि शुक्रवार संसदीय दलको बैठकमा बोल्दै कांग्रेसका कतिपय सांसदले शर्मालाई पक्राउ गरिएकोप्रति गम्भीर आपत्ति जनाए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही सांसदले शर्माको गिरफ्तारी "प्रतिशोधपूर्ण" र "संशययुक्त" भएको बताए। यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्ना सांसदको गिरफ्तारीप्रति तपाईँहरूले आपत्ति नै जनाउनुपर्ने कारण के हो भनेर गनी अन्सारीले सोधेका छन्।
11/08/2023 • 4 minutes 8 seconds
अन्तर्वार्ता: निजी विद्यालयहरूको सम्पत्ति सरकारले 'खोस्न खोजेको' आरोप किन लाग्दै छ?
निजी क्षेत्रका विद्यालयलाई गुठीमा परिणत गराउने सरकारी योजनाबाट आक्रोशित बनेका देशभरिका निजी विद्यालय सञ्चालकहरूले अनिश्चितक ालसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का खासगरी गुठीमा परिणत गराउने प्रावधानलाई लिएर विवाद चर्किएको हो। यसै सन्दर्भमा निजी क्षेत्रका विद्यालयहरूको सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गानासँग सञ्जय ढकालले गरेको कुराकानी।
10/08/2023 • 8 minutes 18 seconds
अन्तर्वार्ता: आदिवासीका समस्या के-के छन्?
आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ आज अगस्ट ९ तारिखका दिन नेपालमा पनि विश्व आदिवासी दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएका छन्। नेपालको कानुनले आदिवासी जनजातिलाई आफ्नै मातृभाषा र परम्परा तथा रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदायको रूपमा व्याख्या गरेको छ। यसै सन्दर्भमा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानासँग विनिता दाहालले गरेको कुराकानी।
09/08/2023 • 5 minutes 35 seconds
अन्तर्वार्ता: बाढीले निम्त्याएको जोखिमसँग सरकार कसरी जुध्दैछ?
देशका विभिन्न भागमा अविरल परेको पानीका कारण केही मानवीयसहित भौतिक क्षति भएका छन्। वर्षाका कारण हुने प्रकोपको जोखिम न्यूनीकरण गर्न सरकारले नियमित जानकारी प्रवाह गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामाजिक सञ्जालमार्फत् मौसमी अवस्थाबारे जानकारी, त्यसको विश्लेषण तथा पूर्वानुमानहरूबारे जानकारी दिइएको उसले उल्लेख गरेको छ। कतिपय राजमार्ग अवरुद्ध हुँदा हजारौँ मानिसले यात्रामा सास्ती खेपेका छन् भने तटीय क्षेत्र आसपास घर भएकाहरू बाढीले पुर्याउन सक्ने क्षतिका कारण त्रासमा छन्। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलसँग गनी अन्सारीले गरेको कुराकानी।
08/08/2023 • 3 minutes 47 seconds
अन्तर्वार्ता: आँखा पाकेका बिरामी कुन अवस्थामा अस्पताल जाने?
आँखा पाक्ने समस्या भएका बिरामीहरू अहिले सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूमा समेत गरी देशैभर देखिन थालेको चिकित्सकहरूले बताएका छन्। यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्। आम रुपमा भनिने आँखा पाक्ने समस्या भनेको के हो? त्रिवि शिक्षण अस्पताल आँखा विभागकी सह प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलासँग स्वेच्छा राउतले गरेको कुराकानी।
07/08/2023 • 3 minutes 57 seconds
अन्तर्वार्ता: बच्चालाई स्तनपान गराउन किन आवश्यक छ?
प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो सातालाई विश्व स्तनपान सप्ताहका रूपमा मनाइन्छ। यस वर्ष “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता” भन्ने नारासहित यो सप्ताह मनाइँदै छ। यसै विषयमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित बालरोग विभागकी प्रमुख डा. सुधा बस्नेतसँग स्तनपानको महत्त्वबारे विनिता दाहालले गरेको कुराकानी।
04/08/2023 • 4 minutes 14 seconds
अन्तर्वार्ता: भारतले सेतो चामलको निर्यात बन्द गर्दा नेपालमा के असर पर्छ?
गत जुलाई २० तारिखमा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्यो। त्यसले अन्तर्राष्ट्रिय बजारमा १५ प्रतिशतसम्म मूल्यवृद ्धि हुनसक्ने चर्चा चल्न नपाउँदै नेपालका खुद्रा पसलहरूमा त्यसका असर देखिन थालिसकेको पाइन्छ। उत्पादकहरूले चाहिँ अहिले धान, चामलको भाउ नबढाएको बताएका छन्। खुद्रा व्यापार सङ्घका अनुसार भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले भाउ बढाइदिएका छन्।यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग सञ्जय ढकालले कुराकानी गरेका छन्।
02/08/2023 • 3 minutes 30 seconds
अन्तर्वार्ता: रुसी सेनामा नेपालीहरू भर्ना भएको तथ्य फेला परेर हो सरकारले विज्ञप्ति निकालेको?
परराष्ट्र मन्त्रालयले आज एउटा विज्ञप्ति निकाल्दै सन्धिसम्झौता भएका बाहेक देशको सेनामा काम गर्न नजान भन्दै अनुरोध गरेको छ। युक्रेनमाथि हमला गरिरहेको रुसको सेनामा नेपालीहरू भर्ना भएका भन्ने समाचारहरू आइरहेका बेला सरकारले यस्तो विज्ञप्ति जारी गरेको हो। यसै सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदसँग विनिता दाहालले गरेको कुराकानी।
01/08/2023 • 3 minutes 44 seconds
अन्तर्वार्ता: संसद् कहिलेसम्म चल्न नदिने?
बहुचर्चित सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उक्त प्रकरणको अनुसन्धानका लागि एउटा छुट्टै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ। समिति नबन्दासम्म संसद् चल्न नदिने बताएको एमालेका प्रमुख सचेतक पदम गिरीसँग विनिता दाहालले गरेको कुराकानी।
31/07/2023 • 4 minutes 17 seconds
अन्तर्वार्ता: लम्पी स्किन रोगको अवस्था अहिले कस्तो छ?
अहिले देशैभर प्रकोप बनेर फैलिएको लम्पी स्किन रोगको व्यथाले पशुहरू बिरामी र मृत्यु नै हुँदा पशुपालकहरू ठूलो मारमा परेका छन्। मुख्य आर्थिक स्रोत नै बस्तुभाउ भएका घरमा गाईभैँसी लम्पी स्किनका कारण बिरामी हुँदा उनीहरू निकै चिन्तित बनेका छन्। यो रोग नियन्त्रणका लागि सरकारले कसरी काम गरिरहेको छ र खोपको व्यवस्थापन के छ भन्नेबारे पशुसेवा विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालसँग सञ्जय ढकालले गरेको कुराकानी।
28/07/2023 • 5 minutes 36 seconds
अन्तर्वार्ता: डुबेर हुने मृत्यु क म गर्न कसले के गर्ने?
पानीमा डुब्नबाट रोकथामका लागि आज विश्व दिवस। खोला तर्ने क्रममा, पौडी खेल्ने क्रममा र खाल्डाखुल्डीमा परेर नेपालमा बर्सेनि थुप्रै सङ्ख्यामा बालबालिकादेखि वयस्कको मृत्यु हुने गरेको तथ्याङ्क छ। आफ्नो वरपर भएका खाल्डाखुल्डी, पोखरी वा पानी जमेका ठाउँहरूमा बालबालिकालाई जोगाउन सके त्यस्ता मृत्युका घटनामा धेरै हदसम्म कमी आउने विज्ञहरू बताउँछन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्कासँग विनिता दाहालले गरेको कुराकानी।
27/07/2023 • 4 minutes 1 second
अन्तर्वार्ता: विधेयक पारित भएसँगै मिटरब्याज पीडित के भन्छन्?
राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाबाट पारित भएको मिटरब्याज पनि भनिने अनुचित लेनदेनसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ। शुरूको विधेयकमा थपघट गरी प्रतिनिधिसभाले पारित गरेपछि आन्दोलन नरोकेका पीडितहरू राष्ट्रियसभाको कदमपछि थप असन्तुष्ट बनेका छन्। देशको विभिन्न जिल्लाका मिटरब ्याज पीडितहरू महिनौँदेखि काठमाण्डूमा आन्दोलन गरिरहेका छन्। विधेयक पीडितको पक्षमा नभइ ऋण दिने ऋणदाताको पक्षमा भएको उनीहरूले बताएका छन्। यसैविषयमा हामीले काठमाण्डूमा धर्नामा बसेकी एकजना मिटरब्याज पीडित पुनम महतोसँग विनिता दाहालले गरेको कुराकानी।
27/07/2023 • 4 minutes 34 seconds
अन्तर्वार्ता: सरकारले अब छानबिन समिति गठन गर्छ?
सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले छानबिनको विषय उठाउँदै बुधवार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले त्यो नभएसम्म संसद् चल्न नदिने अडान लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले तस्करीबारे छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुन तस्करी प्रकरणको जरोसम्म पुग्नुपर्ने धारणा राखेको छ। तर सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रका एक नेताले सो प्रकरणलाई लिएर सरकारले चालेका कदमको प्रशंसा गर्दै त्यसमा सरकारलाई सबैले सघाउनुपर्ने जिकिर गरे। यसै सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्मालाई प्रतिपक्षी दलको मागबारे सरकारको धारणा के हो भनेर विनिता दाहालले सोधेकी छन्।
26/07/2023 • 4 minutes 56 seconds
अन्तर्वार्ता: पानीमा डुबेर हुने मृत्यु कसरी कम गर्ने?
पानीमा डुब्नबाट रोकथामका लागि आज विश्व दिवस। खोला तर्ने क्रममा, पौडी खेल्ने क्रममा र खाल्डाखुल्डीमा परेर नेपालमा बर्सेनि थुप्रै सङ्ख्यामा बालबालिकादेखि वयस्कक ो मृत्यु हुने गरेको तथ्याङ्क छ। आफ्नो वरपर भएका खाल्डाखुल्डी, पोखरी वा पानी जमेका ठाउँहरूमा बालबालिकालाई जोगाउन सके त्यस्ता मृत्युका घटनामा धेरै हदसम्म कमी आउने विज्ञहरू बताउँछन्। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्कालाई नेपालमा बर्सेनि डुबेर कति मानिसको मृत्यु हुने गरेको छ भनेर सोधेका छौँ।
25/07/2023 • 4 minutes
अन्तर्वार्ता: पाठेघरको मुखको क्यान्सरबाट कसरी जोगिने
महिलामा देखिने पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ। सरकारले यसलाई न्यूनीकरण गर्न यो वर्षको बजेटमा पनि महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विस्तार गर्ने घोषणा गरिएको छ। पाठेघरको क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस अर्थात् एचपीभी खोप कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गरिरहेको सरकारले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)सँग थप खोप मगाएको छ। यसै सन्दर्भमा विजय गजमेरले स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिलाई यो क्यान्सर के कारणले हुने गर्छ भनी सोधेका छन्।
25/07/2023 • 5 minutes 59 seconds
अन्तर्वार्ता: सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शरद केसीको कुराकानी।
झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसमा अग्रसरता लिएका छन्। उनले विमानस्थलको पनि अनुगमन गरेका छन्। ठूलो मात्राम सुन तस्करीको यो ताजा विषयलगायत पछिल्लो समय बहुचर्चित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ। पछिल्ला यी दुई प्रकरण प्रहरीको अनुसन्धानकै क्रममा रहँदा यसै साता १०० केजी सुन तस्करीको प्रकरणलाई लिएर कुन तहका मानिसहरूसम्मको संलग्नता होला भन्नेबारे आमचासो रहेको छ। यसै सन्दर्भमा शरद केसीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्पर्क गरी सुरुमा सुन तस्करीमा संलग्नहरूको लहरो त लामै होला नि भनेर सोधेका छन्।
21/07/2023 • 6 minutes 49 seconds
अन्तर्वार्ता: रक्सौल-काठमाण्डू रेलमार्ग
भारतको रक्सौलदेखि काठमाण्डूको खोकनासम्म बन्ने भनिएको अन्तरदेशीय रेलमार्गसम्बन्धी प्रतिवेदन भारतले तयार गरेर नेपाललाई सुझावका लागि दिएको छ। उक्त प्रतिवेदन अनुसार रेलमार्ग करिब १४१ किलोमिटरको हुने र त्यसमध्ये करिब ४०/४१ किलोमिटर सुरुङमार्ग बनाउनुपर्ने उल्लेख छ। प्राविधिक पक्ष विश्लेषण गरिएको उक्त प्रतिवेदनको अध्ययन अब भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागले गरेर त्यसको प्रतिक्रिया भारतलाई दिनुपर्नेछ। यसै विषयमा हामीले रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराललाई सम्पर्क गरी सुरुमा सोधेका छौँ, "यो प्रतिवेदनमा के के कुरा उल्लेख गरिएको छ?"
21/07/2023 • 5 minutes 40 seconds
अन्तर्वार्ताः डेङ्गी महामा री हुन नदिन के हुँदै छ?
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोकथाम गर्नका लागि सरकारले यो वर्ष वार्षिक कार्ययोजना बनाएर लागु गरेको छ। गत वर्ष बर्खायामको जुलाई, अगस्ट र सेप्टेम्बरमा गरी करिब ५४ हजार व्यक्तिमा डेङ्गीको सङ्क्रमण देखिएको थियो र डेङ्गीले महामारीकै रूप लिएको थियो। यो वर्ष अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार करिब तीन हजार व्यक्तिमा डेङ्गी सङ्क्रमण देखिएको छ। सरकारले डेङ्गी लाग्नै नदिनका लागि यो वर्ष कार्ययोजना कार्यान्वयनमा लगेसँगै हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीलाई ‘कार्ययोजनामा के के समेटिएको छ भनेर सोधेका छौँ।
20/07/2023 • 5 minutes 20 seconds
अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने
नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स् वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।
19/07/2023 • 4 minutes 42 seconds
अन्तर्वार्ताः लम्पी स्किन रोगबाट किन धेरै क्षति?
नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक ख र्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ। एउटा बाहेक देशका सबै जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। यसै सिलसिलामा साथी गनी अन्सारीले परिषद्का प्रवक्ता मनोजकुमार शाहीलाई सम्पर्क गरि यति धेरै क्षति हुने आधार के के हो? भनेर सोधेका थिए
07/07/2023 • 5 minutes
अन्तर्वार्ताः निर्वाचन कानुन संसोधन विधेयकको मस्यौदा
निर्वाचन सम्बन्धी विधेयकको मस्यौदा गृहमन्त्रालय मार्फत् संसदमा पेश गर्ने निर्णयका बारे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग सञ्जय ढकालले गरेका अन्तर्वार्ता।
04/07/2023 • 4 minutes 31 seconds
कोशी प्रदेशमा नयाँ सरकार बन्ने प्रकृया कस्तो?
प्रदेश सरकारले बहुमत गुमाएपछि अब नयाँ सरकार बन्ने कस्तो प्रक्रिया छ, विराटनगरस्थित सम्वाददाता विक्रम निरौलासँग सञ्जय ढकालको कुराकानी।
04/07/2023 • 3 minutes 51 seconds
अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी
30/06/2023 • 2 minutes 40 seconds
अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?
रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।
29/06/2023 • 2 minutes 34 seconds
अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण
ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए
29/06/2023 • 3 minutes 49 seconds
अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था
पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।
28/06/2023 • 3 minutes 57 seconds
नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ता
पार्टी सभापति चुनावमा शेरबहादुर देउवालाई चुनौती दिएका नेता डा. शेखर कोइरालासँगको कुराकानी
16/12/2021 • 12 minutes 44 seconds
नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ता
सरकारले विद्युत महसुलदरमा गरेको कटौती र विद्युत उपभोग बढाउन गरेको आह्वानका सन्दर्भमा मन्त्री पम्फा भुसालसँग गनी अन्सारीले गरेको अन्तर्वार्ता।
18/11/2021 • 10 minutes 55 seconds
बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?
सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।
19/05/2021 • 7 minutes 27 seconds
नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
चैत्र ११ गते बुधवारको साप्ताहिक नेपाल सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानी
बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्र
कोरोनाभाइरस प्रकोपजस्ता भवितव्यले ल्याउने जोखिमलाई नेपाली अर्थतन्त्र र योजनाले बहन गर्न सक्छ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल र पूर्वउपाध्यक्ष डा शंकर शर्माको बहस
08/03/2020 • 15 minutes 25 seconds
नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेल
नेपाली काङ्ग्रेसभित्र देखिएको विवादबारे असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल
06/03/2020 • 8 minutes 29 seconds
ओली सरकारको काम कारबाही
वर्तमान सरकार सफल कि असफल? प्रमका प्रेस सल्लाहकार सूर्य थापा र प्रतिपक्षी सांसद गगन थापा
29/02/2020 • 15 minutes 55 seconds
मातातीर् थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराई
नेपाल ट्रस्टको मातातीर्थको जग्गा वितरण छानबिन गर्ने सरकारको भनाइबारे डा. बाबुराम भट्टराई
27/02/2020 • 10 minutes
ओली सरकारका दुई वर्ष
सरकारका समीक्षा गर्दै प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल र नेकाका नेता मीनेन्द्र रिजाल
23/02/2020 • 15 minutes 41 seconds
MCC बारे अमेरिकी राजदूत र्यान्डी बेरी
नेपाल सन्दर्भ: विवादित बनेको अमेरिकी सहयोग सम्झौताबारे अमेरिकी राजदूतसँग कुराकानी।
सांसद ठगेन्द्रप्रकाश पुरी र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलबीच बहस।
13/02/2020 • 14 minutes 58 seconds
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानी
सत्ताधारी नेकपाका एक अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णयका बारे प्रवक्ता नारायण काजी श्रेष्ठसँगको कुराकानी
05/12/2019 • 8 minutes 20 seconds
समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रम उपेन्द्र यादवसँगको कुराकानी
समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको कुराकानी
05/12/2019 • 8 minutes 14 seconds
नेपाल सन्दर्भ:स्वर्णपदक विजेता सुनिता महर्जन र उनका बुवा नाति महर्जनसँगको कुराकानी
सागमा कराते खेलकी एक स्वर्ण पदक विजेता सुनिता महर्जन र उनको बुवा नाति महर्जन
05/12/2019 • 8 minutes 28 seconds
नेपाल सन्दर्भमा: महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महेश आचार्यसंग कुरा गर्दै
31/05/2017 • 8 minutes 21 seconds
नेपाल सन्दर्भ: हरि शर्मा
राजनीतिशास्त्री हरि शर्मासंग गनी अन्सारीले गरेको कुराकानी।
31/05/2017 • 8 minutes 15 seconds
नेपाल सन्दर्भ: हृदयेश त्रिपाठी
राष्ट्रिय जनता पार्टी नेपालका एकजना नेता हृदयेश त्रिपाठीसंग गनी अन्सारीले गरेको कुराकानी
31/05/2017 • 8 minutes 21 seconds
नेपाल सन्दर्भ: गोपीनाथ मैनाली
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीसंग गनी अन्सारीले गरेको कुराकानी।
31/05/2017 • 8 minutes 6 seconds
नेपाल सन्दर्भ: बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसी
नेपाल बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसीसंग सुरेन्द्र फुयालले गरेको कुराकानी।
09/05/2017 • 32 seconds
नेपाल सन्दर्भ: महेन्द्र राय यादवसंग
राष्ट्रिय जनता पार्टी नेपालका एक नेता महेन्द्र राय यादवसंग गनी अन्सारीले गरेको कुराकानी।
28/04/2017 • 8 minutes 5 seconds
नेपाल सन्दर्भ: उपेन्द्र यादवसंग
संविधानप्रति असन्तुष्ट संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको कुराकानी
04/08/2016 • 8 minutes
नेपाल सन्दर्भ: डा. भोला रिजालसंग
डा गोबिन्द केसी र सरकारबीच सोमबार भएको संझौताको अशोशियशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजको विरोध किन? भन्नेबारे डा. भोला रिजालसंग गरिएको कुराकानी।
27/07/2016 • 8 minutes 28 seconds
गगन थापासंगको कुराकानी
चिकित्सा क्षेत्रमा रहेका बेथिति विरुद्ध डा.गोबिन्द केसीको आठौं अनसनको ११ दिन पुगिसक्दा पनि संसदमा किन मुद्दा नबनेको भन्नेबारे नेपाली काँग्रेसका सांसद गगन थापासंग गरिएको कुराकानी।
25/07/2016 • 7 minutes 51 seconds
नेपाल सन्दर्भ: अमरेशकुमार सिंहसंग
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहसंग संघीयता कार्यान्वयनका चुनौती लगायतका विषयमा रवीन्द्र मिश्रले गरेका कुराकानी।
13/07/2016 • 10 minutes 55 seconds
नेपाल सन्दर्भ: नवलपरासी निवासी १७ वर्षीया किशोरी विपना शर्मासंगको कुराकानी
नेपाल सन्दर्भ: नवलपरासी निवासी १७ वर्षीया किशोरी विपना शर्मासंगको कुराकानी